भाजपाका 500 भन्दा अधिक सदस्य तृणमूलमा सामेल

सिलगढी : भाजपा छोड़ेर 500 भन्दा अधिक सदस्यहरू तृणमूल कांग्रेसमा सामेल भएका छन्। आज एनजेपी स्टेशन संलग्न इलाकामा एउटा कार्यक्रमबीच भाजपा समर्थकहरू तृणमूल कांग्रेसमा सामेल भएका छन्। आगामी चुनाउलाई केन्द्र गरेर सबै पार्टीहरूले आफ्नो सदस्य बढ़ाउने उद्देश्य लिएर विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ। दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष रञ्जन सरकार, श्रमिक नेता अरूप रतन बोसप्रसनजीत राय लगायत अन्य सदस्यहरूले सामेलकारीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *