भाजपाका विधायकहरूविरुद्ध कङ्ग्रेसद्वारा सिलगढी थानामा अभियोग दर्ता

सिलगढी : बंगाल विभाजनको मुद्दाले हाल राजनीतिक उग्र रूप लिइरहेको छ। एकातिर तृणमूल कङ्ग्रेसले बंगाल विभाजनको मुद्दालाई लिएर विरोध गरिरहेको छ भने अर्कोतिर कङ्ग्रेसले पनि यसको विरोध जनाइरहेको छ। आज दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसका अध्यक्ष रोहित तिवारीको नेतृत्वमा भाजपाका केही विधायकविरुद्ध सिलगढी थानामा अभियोग दर्ता गरिएको छ। उक्त अभियोग अनुसार भाजपाले बङ्गाललाई विभाजित गर्ने षड्यन्त्र रचिरहेको छ जुन अस्वीकार्य रहेको बताइएको छ। यसैले भाजपाको उक्त षड्यन्त्रविरुद्ध युवा कङ्ग्रेसले आवाज उठाउँदै अलिपुरद्वारका भाजपा सांसद जोन बारला, डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जी, दार्जिलिङ विधानसभाका विधायक नीरज जिम्बाको नाममा थानामा अभियोग दर्ता गरिएको बताइएको छ। बङ्गाललाई विभाजित गर्ने षड्यन्त्र रचेर राज्यमा अशान्ति फैलाउने भाजपाविरुद्ध पुलिसले जाँच गरेर चाँडोभन्दा चाँडो तिनीहरूलाई पक्राउ गरिनुपर्ने उक्त अभियोग पत्रमा माग गरिएको छ। मतिगढा-नक्सलबारीका पूर्व विधायक शंकर मालाकारको उपस्थितिमा सिलगढी थानाका आईसीलाई आज उक्त अभियोग पत्र सुम्पिएको छ। यस अवसरमा अखिल भारतीय कङ्ग्रेस कमिटीका सदस्य मोहन शर्मा, जलपाईगढी युवा कङ्ग्रेसका अध्यक्ष बापी चौधरी, आनन्द लड्डा लगायत कङ्ग्रेसका कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişgrandpashabet girişpusulabet girişpusulabet girişVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetpusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişDeneme Bonusu Veren SitelerŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetpusulabetkazandraavvabet girişavvabetperabetjojobetcasibommariobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetgrandpashabet girişgrandpashabet girişcasibombetplaygrandpashabet güncel girişbetsalvadorbetsalvador girişpalacebetpalacebet girişcasinowoncasinowoncasinomilyoncasinomilyon girişgameofbetgameofbet girişromabetromabet girişcasibomcasibom giriş Built with ❤︎ by appycodes