भाजपाका विधायकहरूलाई सस्पेन्ड गरेको प्रतिवादमा बाघडुग्रामा विक्षोभ प्रदर्शन

बाघडुग्रा: विधानसभामा तृणमूल र भाजपा विधायकमाझ हातापाई भएको घटनालाई केन्द्र गरेर भाजपाका 5 जना विधायकलाई सस्पेन्ड गरिएको घटनाको प्रतिवादमा बाघडुग्रामा भाजपाद्वारा विक्षोभ प्रदर्शन गरियो। मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मनको नेतृत्वमा भाजपाका नेता तथा समर्थकहरूले आज बाघडुग्रा थाना अघि विक्षोभ प्रदर्शन गरे। यसको साथै भाजपका विधायकहरूलाई कुटपीट गरेको तृणमूलविरुद्ध आरोप लगाउँदै भाजपाका कार्यकर्ता तथा समर्थकहरूले थाना अघि विभिन्न नारा लगाए। यस अवसरमा आनन्दमय बर्मनले तृणमूल सरकारको शासनकालमा विधानसभामा विधायकहरू असुरक्षित नरहेको, राज्यको कानुन-व्यवस्था भङ्ग गरेको आरोप लगाउँदै चाँडै राज्यमा 356 धारा लागू गरिनुपर्ने माग पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *