भाजपाका कर्मठ सदस्य राजेन छेत्री बिनय खेमामा सामेल

कालेबुङ: 42 नम्बर समष्टिको भाजपाका कर्मठ सदस्य राजेन छेत्री गोर्खा जनमुक्ति मोर्चा विनय खेमामा सामेल भएका छन्। गोजमुमो 42 नम्बर समष्टि अध्यक्ष रुदेन लेप्चाको बाहुलीबाट तिनले पार्टीको झण्डा ग्रहण गरे। गोजमुमो विनय समूहले `नयाँ सोँच,नयाँ विचार´लाई लिएर पहाडमा धेरै असल कार्य गरिरहेको तथा सभ्य राजनैतिक संस्कारलाई स्थापना गरेकोले भाजपा छोडेर आफू गोजमुमो विनय समूहमा सामेल भएको राजेन छेत्रीले बताए। यस अवसरमा गोजयुमो 42 नम्बर समष्टि सचिव ओमप्रसाद थापा, गोजमुमो लोले शाखाध्यक्ष युदेन लेप्चा, सचिव होमनाथ घिमिरे, गोजयुमो लोले शाखा सचिव उपेन्द्र राई, हरि खनाल, श्याम दुलाल, दिलिप दुलाल, सुनिल घिमिरे, सलेम लेप्चा, विक्रम खनाल,छविलाल घिमिरे, दिलकुमार राई आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *