भाजपाका पञ्चायत प्रधान, हाम्रो पार्टी अनि निर्दलीय पञ्चायत सदस्य भागोप्रमो-मा सामेल

मिरिक (निसं): मिरिकमा भाजपा-का पञ्चायत प्रधान, हाम्रो पार्टी अनि निर्दलीय पञ्चायत सदस्य आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। मिरिक खण्डको पहिला गाउँ स्कूल डाँडा ग्राम पञ्चायत एक-का अध्यक्ष सुभेक्षा तामाङ भागोप्रमो-मा सामेल भइन्। तिनी भाजपाबाट निर्वाचित पञ्चायत प्रधान हुन्।


त्यसरी नै त्यही पञ्चायतका हाम्रो पार्टीका पञ्चायत सदस्य दिव्या तामाङ, ग्राम पञ्चायत दुई-का निर्दलीय सदस्य सुष्मिता देवान लगायत अन्य भागोप्रमो-मा सामेल भएका छन्। तिनीहरूलाई पार्टी अध्यक्ष अनित थापाले दलिय झण्डा थमाएर पार्टीमा सामेल गराउँदै स्वागत जनाए। यस अवधि क्षेत्रीय सभासद मिलेस राई लगायत पार्टीका स्थानीय नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *