भाजपा कार्यकारिणीको बैठकमा विभिन्न मुद्दाबारे चर्चा

खोरीबारी : भारतीय जनता पार्टी खोरीबारी बुढागञ्ज मण्डलको तर्फबाट पार्टी कार्यालयमा कार्यकारिणीको एउटा बैठक सम्पन्न भयो। उक्त बैठकमा विभिन्न मुद्दाबारे विचार विमर्श गर्दै अग्रिम रणनीति तयार गरिइयो। नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथले आज पार्टीको झण्डा उत्तोलन गरेपछि बैठक शुरू गरिएको बताए। बैठकमा विधानसभा चुनाउपछिको स्थितिमाथि विचार विमर्श गर्नको साथै पञ्चायत चुनाउलाई लिएर विभिन्न रणनीति बनाउँदै पार्टीलाई अझ बलियो बनाउन आवश्यक कदम उठाउने तिनले सबैसित अपील पनि गरे। उक्त बैठकमा भाजपा जिल्ला उपाध्यक्ष डाक्टर विश्वजीत घोष, जिल्ला सचिव उत्तम सिंह, नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथ, मण्डल अध्यक्ष कल्याण कुमार प्रसाद, महासचिव शक्तिजय बारोई, युवा मोर्चा मण्डल अध्यक्ष तरुण कुमार सिंह लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *