भाजपा कार्यकर्ताहरूलाई भेट्न सिलगढी विशेष संशोधनागार पुगिन् अग्निमित्रा पाल

सिलगढी : भाजपा महिला मोर्चा सभानेत्री अग्निमित्रा पालले आज सिलगढीको विशेष संशोधनागरमा भाजपाका कार्यकर्ताहरूसित भेट गर्न गए तापनि तिनीहरूसित भेट भएन्। प्राप्त जानकारीअनुसार गत 7 दिसम्बरको दिन भाजपाको उत्तरकन्या अभियान अवधि भाजपा समर्थकहरूमाथि पुलिसद्वारा गरिएको अत्याचार तथा अभियान अवधि एकजना भाजपा कार्यकर्ताको मृत्युको विरोध जनाउँदै भाजपाले गत 8 दिसम्बरको दिन सम्पूर्ण उत्तर बंगालमा 12 घण्टा बन्द बोलाएको थियो। यस अवधि भाजपाका नेता तथा कार्यकर्ताहरूले सरकारी ब्यानर, सरकारी सम्पत्ति नष्ट गरिदिएको आरोपमा भाजपाका कार्यकर्ताहरूलाई पुलिसले पक्राउ गरेपछि गत 9 दिसम्बरमा सिलगढी अदालतमा पेश गरेर 14 दिनको जेल हिरासतमा राख्ने निर्देश दिएको छ। आज भाजपा महिला मोर्चा सभानेत्री अग्निमित्रा पाल सिलगढीको विशेष संशोधानागरमा रहेका मोठ 13 जना भाजपाका कार्यकर्तासित भेट गर्न गइन्। यसपछि पत्रकारसित कुराकानी गर्दै तिनले आज आफू भाजपाका कार्यकर्ताहरूसित भेट आए तापनि भेट गर्न पाएनन्। भाजपाका कार्यकर्ताहरूलाई क्वारेन्टाइनमा राखेकोबारे जेल कर्तृपक्षले जनाएपछि तिनीहरूसित भेट नगरी फर्किन परेको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *