भाजपा कार्यकर्ताहरूले हतियारले हमला गरेको तृणमूलको आरोप

कुचबिहार : तृणमूल कार्यकर्ता राहुल हुसैनलाई धारिलो हतियारले हमला गरेको भाजपा माथि आरोप लगाइएको छ। घटना तूफानगञ्ज महकुमाको चीला खाना 2 ग्राम पञ्चायत अन्तर्गत नयाँ बाजार इलाकाको हो। प्राप्त जानकारी अनुसार घाइते अवस्थामा राहुललाई अस्पताल गरिएपछि हाल तिनी तूफानगञ्ज महकुमा अस्पतालमा उपचाराधिन अवस्थामा रहेका छन्। घाइते राहुल हुसैन एउटा इँटाको भट्टीमा काम गर्छन् भने रातिको समय पनि तिनी त्यहीं बस्ने गर्दछन्। गत राति भाजपाका केही कार्यकर्ताहरूले तिनीमाथि धारिलो हतियारले प्रहार गरेको राहुलको आमाले आरोप लगाएको छ। राहुलमाथि यसभन्दा अघि पनि हमला भएको बताइएको छ। यस घटनालाई लिएर तूफान गञ्ज थानामा लिखित अभियोग दर्ता गरेपछि यसबारे जाँच शुरू गरेको पुलिस सुत्रले जनाएको छ। अर्कोतिर, आफुहरूमाथि लगाइएको आरोप झुटो रहेको भाजपाले दावी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *