भाजपा कार्यकर्ताको दोकान जलाइदिएको तृणमूलविरुद्ध अभियोग

कुचबिहार : भाजपा कार्यकर्ताको दोकानमा आगो लगाइदिएको तृणमूल विरुद्ध अभियोग उठेको छ। उक्त घटना तुफानगञ्ज विधानसभाको बक्सिरहाट थाना अन्तर्गत नागरखाना इलाकामा घटेको हो। अर्कोतिर, स्थानीय तृणमूल अञ्चल अध्यक्ष सुजीत घोषले उक्त आरोप झुटो रहेको दावी गरेका छन्। भाजपा युवा मोर्चा नेता उत्तम बर्मनको आरोपअनुसार विधानसभा चुनाउको परिणाम घोषणा भएपछि तिनको पान बारीमा तृणमूलका दुष्कृतिहरूले आगो लगाइदिएको थियो भने हिजो अबेर राति फेरि नागरखाना बजारमा रहेको तिनको भाडामा दिएको एउटा दोकान पनि जलाइदिएको छ। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्यायो। बक्सिरहाट थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। उक्त घटनामा लगभग लाखौँ रुपियाँको क्षति भएको दोकान मालिकले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *