भाजपा कार्यकर्तालाई कुटपीट, आरोपीलाई पक्राउ गरिनुपर्ने मागमा भाजपाद्वारा नक्सलबारी थाना घेराउ गरेर विक्षोभ प्रदर्शन

सिलगढी : भाजपा कार्यकर्तालाई कुटपीट गर्नको साथै तिनको स्वास्नीसित अभद्र व्यवहार गरेको घटनापछि नक्सलबारी थानामा अभियोग दर्ता गरेको 72 घण्टा बितिसक्दा पनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन। यसैले आज भाजपाका नेतृत्वहरूले नक्सलबारी थाना घेराउ गरेर विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारीअनुसार आज जिल्ला भाजपाका धेरैजना नेता, कार्यकर्ता तथा विधायकहरूले नक्सलबारी थाना घेराउ गरेर विक्षोभ प्रदर्शन गरे। मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मनले बताएअनुसार गत तीन दिनअघि हात्तीघिसाको घटनालाई लिएर पुलिसले कुनै पहल नगरेको साथै उक्त घटना भएको 72 घण्टा बितिसक्दा पनि पुलिसले हालसम्म कसैलाई पनि पक्राउ गरेको छैन। घटनामा घाइते भएका भाजपा कार्यकर्तालाई उल्टै पुलिसले पक्राउ गरेको साथै जसको नाममा अभियोग दर्ता गरिएको छ तिनीहरू स्वतन्त्र रूपमा घुमिरहेको तिनले बताए। यसको साथै भाजपा कार्यकर्ताहरूलाई उल्टै धम्की दिइरहेको तिनले बताए। हात्तीघिसा घटनाको सीबीआई जाँच गरिनुपर्ने तिनले माग गरेका छन्। परिस्थिति नियन्त्रणमा ल्याउन नक्सलबारी थानामा विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *