भाजपाका शीर्ष नेताहरूमाथि डाइमन्ड हार्बरमा प्राणघातक हमला

कोलकाता : दक्षिण 24 परगानामा भाजपाको कार्यक्रममा अंश ग्रहण गर्न गइरहेको समय आज भाजपाका राष्ट्रिय महासचिव कैलाश विजयवर्गीय तथा बंगालका भाजपा अध्यक्ष दिलीप घोषमाथि प्राणघातक हमला गरियो। प्राप्त जानकारीअनुसार 24 परगानाको कार्यक्रममा गइरहेको समय डाइमन्ड हार्बरमा केही प्रदर्शनकारीहरूले कैलाश विजयवर्गीयको वाहनमाथि ढुङ्गा-मुढा गर्नको साथै दिलीप घोषको वाहनलाई तारो बनाएर कोल्ड ड्रिङ्ग्सको बोतलले प्रहार गरेको बताइएको छ। उक्त घटनालाई लिएर राष्ट्रिय भाजपा महासचिव कैलाश विजयवर्गीयले कडा शब्दमा निन्दा गर्दै उक्त हमलामा आफू घाइते भएको बताए। तिनले बताएअनुसार उक्त हमलामा पार्टीका अध्यक्षको वाहनमाथि पनि आक्रमण गरियो। तिनले उक्त घटनाको कडा शब्दमा निन्दा गर्दै पुलिसकै उपस्थितिमा दुष्कृतिहरूले आफूहरूमाथि आक्रमण गर्दा आफूहरू यो देशको नभएको महसुस भएको तिनले बताए। अर्कोतिर, बंगालका भाजपा नेता दिलीप घोषले देशका गृहमन्त्री अमित शाहलाई लिखित रूपमा भाजपा अध्यक्ष जेपी नड्डाको भ्रमण अवधि उचित सुरक्षा व्यवस्था नगरेको आरोप लगाउँदै घटनाको जानकारी गराएका छन्। दिलीप घोषले लेखेको पत्रमा पुलिसकै उपस्थितिमा लगभग 2 सयजना मानिसहरूले हातमा बाँसको लट्ठी बोकेका थिए भने जेपी नड्डाको विरोधमा कालो झण्डा देखाएर नाराबाजी समेत गरेका थिए। जेपी नड्डाको लस्करलाई रोक्नको निम्ति तिनीहरूले सडक अवरोध गरेका थिए। यसको साथै तिनले भाजपा नेता दिपान्जन गुहाको वाहनमाथि डाइमन्ड हर्बरमा ईँटाहरूले प्रहार गरेको कुरा उल्लेख गरेका छन्। उक्त घटनाको निन्दा गर्दै पश्चिम बंगाल भाजपाका नेता अनुपम हाजराले पूर्व नियोजित ढङ्गमा भाजपा नेताहरूमाथि आक्रमण गरिएको आरोप लगाए। घटना अवधि पुलिस मुख दर्शक बनेर उल्टो प्रदर्शनकारीहरूलाई सहयोग पुर्‍याएको आरोप लगाउँदै पश्चिम बंगालमा गणतन्त्र नरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetxxxjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişdegiscek2bahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1perabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes