भाजपा किसान मोर्चा-द्वारा अधिकारी स्टेशन मास्टरलाई ज्ञापन 

खोरीबारीसिलगढी आलुआबारी रेलवे अन्तर्गत अधिकारी रेलवे स्टेशनमा विभिन्न सुविधाहरूको माग गर्दै आज भाजपा किसान मोर्चा रानीगञ्ज बिन्नाबारी मण्डलको प्रतिनिधि टोलीले स्टेशन मास्टरसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। उक्त ज्ञापनको माध्यमद्वारा अधिकारी रेलवे स्टेशनमा फुट ओभर ब्रिज निर्माण, इन्टरसिटी एक्सप्रेस तथा बालुरघाट एक्सप्रेस ट्रेनहरूको स्टपेज, कोलकाता तथा दिल्ली गामी ट्रेनहरूको चलाचलको व्यवस्था, नयाँ प्लेटफार्मको निर्माण, र्‍याक पोइन्टको निर्माण आदि जस्ता माग गरिएको छ। यस अवसरमा भाजपा नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथ, जिल्ला सचिव दिलीप बारोई, किसान मोर्चा जिल्ला उपाध्यक्ष स्वपन बर्मन, किसान मोर्चा मण्डल अध्यक्ष सञ्जय कुमार मण्डल लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *