भाजपाको विरोधमा धजे समष्टिमा पोस्टरिङ

सुकेपोखरी: भाजपाका बङ्गाल प्रभारी कैलाश विजयवर्गीयले खरसाङमा नेपालका एघार जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउने भनेर दिएको विवादस्पद बयानको नागरी गोजमुमो धजे समष्टिले पनि विरोध जनाएको छ। पहाड- समतलका विभिन्न ठाउँहरूमा झै गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा विनय खेमा नागरी धजे समष्टिको तत्वावधानमा पनि समष्टिको विभिन्न स्थानमा व्यापक पोस्टरिङ गरिएको छ। भाजपा नेताले यस प्रकारको बयान दिनु भनेको भाजपा गोर्खा जातिको हितमा कहिल्यै गम्भीर नरहेको प्रष्ट भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *