भाजपाको ब्लक स्तरीय कार्यकर्ताहरूसित चुनाउलाई लिएर कार्यशाला

सिलगढी: आउँदो राज्यको विधानसभा चुनाउलाई लिएर भाजपाले ब्लक स्तरीय कार्यकर्ताहरूसित आज एउटा बुथ स्तरीय कार्यशालाको आयोजना गऱ्यो। सिलगढीको वर्द्धमान रोड संलग्न एउटा भवनमा सम्पन्न उक्त कार्याशालामा भाजपाका केही स्थानीय नेताहरू लगायत ब्लक स्तरीय भाजपा कार्यकर्ताहरूलाई आगामी विधानसभा चुनाउलाई लिएर के कस्तो प्रकारले रणनीति तयारी गरिनु पर्ने, चुनाउ प्रचार कसरी गरिनु पर्ने आदि जस्ता विषयमा कार्यशालाको माध्यम जानकारी गराइयो। यस अवसरमा भाजपा दार्जिलिङ जिल्लाका सांसद राजु विष्ट, बालुरघाटका सांसद सुकान्तो मजुमदार, उत्तर बंगालका प्रभारी रत्नाकर मिश्रा, नेशनल जेजीएस शिव प्रकाश, बंगालका निरीक्षक अरविन्द मेनन, सायन्तन बसु, अमिताभ चक्रवर्ती, किशोर बर्मन लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *