भाजपाको ‘चोर धरो जेल भरो’ अभियानलाई सिलगढीमा पुलिसले रोक्नको साथै केही कार्यकर्ताहरू हिरासतमा

सिलगढी (निसं): सिलगढी साङ्गठनिक भाजपाको तर्फबाट आज चोर धरो जेल भरोअर्थात चोर पक्र जेलमा हाल कार्यक्रम अन्तर्गत एसडीओ कार्यालय जाऔ अभियान चलायो। सिलगढीको एयर भ्यू मोड़ गाँधी चौकबाट शुरू गरेको उक्त भाजपाको ऱ्याली विभिन्न पथको परिभ्रमण गर्दै अन्तमा एसडीओ कार्यालय पुग्यो। त्यहाँ भाजपाको यस ऱ्यालीलाई रोक्नको लागि विशाल पुलिस बल अगावै तैनाथ गरिएको थियो। भाजपा नेताहरू अनि कार्यकर्ताहरूको उक्त ऱ्यालीलाई एसडीओ कार्यालय पुग्न अगावै पुलिसले रोकीदियो। यसपछि घटनास्थलमा भाजपा कार्यकर्ताहरू अनि पुलिस कर्मीहरू माझ धक्का-मुक्की हुँदा पुलिसले भाजपाका केही कार्यकर्ताहरूलाई हिरासतमा लिए। यसपछि भाजपा नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई रिहा गर्ने माग गर्दै एसडीओ कार्यालय अघिल्तिर बसेर धरना प्रदर्शन शुरू गरे। भाजपाको यस ऱ्यालीलाई लिएर पुलिसले आवाजाहीके लागि रूट परिवर्तन गरिदिएको थियो। यसले गर्दा सहरमा जामको समस्या पनि देखा पऱ्यो। भाजपा नेताहरूले राज्य सरकारका नेताहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै आज यसको विरोध गर्नको लागि नै सिलगढीमा साङ्गठनिक भाजपाले चोर धरो जेल भरो अभियान शुरू गरेको बताए। यसको साथै एसडीओ कार्यालय पुग्न अगावै पुलिसले भाजपा कार्यकर्ताहरूलाई रोक्नको साथै पार्टीका केही कार्यकर्ताहरूलाई पक्राउ समेत गरेको भाजपा नेताहरूले बताए। आज पुलिसले रोके तापनि आगामी दिनमा यसलाई लिएर अझ वृहत आन्दोलन गर्ने तिनीहरूले चेतावनी दिएका छन्।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *