भाजपाको फ्लेक्स च्याँतिदिएको साथै मोदीको पोस्टरमा हिलो लगाइदिएकोबारे चुनाउ आयोगलाई अवगत गराइने

सिलगढी : सिलगढीको विभिन्न ठाउँहरूमा भाजपाको फ्लेक्स तथा पोस्टहरहरू च्यातेर फ्याँकिदिनको साथै प्रधानमन्त्री नरेन्द्र मोदीको पोस्टरमा हिलोले लिपिदिएको अभियोग उठेको छ। यसको साथै भाजपाको झण्डाहरू समेत नालीमा फ्याँकिदिएको आरोप रहेको छ। यसबारे भाजपाको तर्फबाट चुनाउ पर्यवेक्षकलाई जानकारी गराइने भएको बताइएको छ। सिलगढी विधानसभा आसनका भाजपा प्रार्थी शङ्कर घोषले उक्त घटनालाई लिएर क्षोभ प्रकट गरेका छन्। प्राप्त जानकारीअनुसार गत राति केही अज्ञात व्यक्तिहरूले सिलगढी नगरनिगमको 16 नम्बर वार्डमा लगाइएको प्रधानमन्त्री नरेन्द्र मोदीको पोस्टरमा हिलो लगाइदिएको छ। आज बिहान यसबारे जानकारी पाएपछि शङ्कर घोषले तत्कालै घटनास्थलमा पुगेर उक्त पोस्टरमा लगाइएको हिलो पानीले सफा गरिदिए। तिनले उक्त घटनाको तीव्र निन्दा गर्दै अन्धकारको फाइदा उठाएर जसले पनि उक्त कार्य गर्‍यो त्यो अत्यन्तै घृणित कार्य रहेको बताए। उक्त इलाकाको सीसीटीभी फुटेज हेरेर घटनाको जाँच गर्नको साथै व्यक्तिलाई चिन्हित गरेर कठोर कार्वाही गरिनुपर्ने तिनले माग गरेका छन्। यसबारे निर्वाचन पर्यवेक्षकलाई समेत जानकारी गराउने तिनले बताए। अर्कोतिर, सिलगढी नगरनिगमको 21 नम्बर वार्डको केही ठाउँहरूमा पनि भाजपा प्रार्थीको समर्थनमा लगाइएको पोस्टरहरू खोलिदिएको साथै त्यहाँ लगाइएको पार्टीको झण्डाहरू नालीमा फ्याँकिदिएको पार्टीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *