भाजपाको जलपाईगढी सहरमा परिवर्तन रथ यात्रा

जलपाईगढी : कुचबिहार, अलिपुरद्वार जिल्लाको परिक्रमा गरेर भाजपाको परिवर्तन रथ यात्रा जलपाईगढी सहर प्रवेश गर्यो। भाजपाको उक्त परिवर्तन रथ यात्रा जलपाईगढी सहरमा प्रवेश गरेपछि उत्सवमा परिणत भयो। भाजपाको परिवर्तन रथ यात्रा आज बिहान जलपाईगढी पहाड़पुर मोड़ हुँदै जलपाईगढी सहरमा प्रवेश गर्यो। यसपछि भाजपाका नेताहरूले जलपाईगढीको बैकुण्ठपुर राजबाड़ीमा गएर यहाँको शिव मन्दिरमा पुजा अर्चना गरे। पुलिसको कठोर सुरक्षा व्यवस्थाबीच जलपाईगढी सहर परिक्रमा गरेपछि भाजपाको उक्त परिवर्तन रथ यात्रा जलपाईगढी मिलन संघ मैदानमा एउटा जनसभामा परिणत भयो। उक्त जनसभामा केन्द्रीय मन्त्री देवश्री चौधरी पनि उपस्थित थिए। उक्त परिवर्तन रथ यात्रामा भाजपा नेता सायन्तन बसु, जलपाईगढीका सांसद डा. जयन्त कुमार राय, जिल्ला अध्यक्ष बापी गोस्वामी लगायत अन्य नेताहरू एवम् कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *