भाजपाको जनसभामा आउने अमित शाहलाई वीरभूममा कालो झण्डा देखाइने

सिलगढी : भाजपाले वीरभूममा आगामी 20 दिसम्बरको दिन एउटा जनसभाको आयोजना गर्ने भएको छ। उक्त जनसभामा भाजपाका शीर्ष नेता तथा गृहमन्त्री अमित शाहले अंश ग्रहण गर्ने भएका छन्। यसैलाई ध्यानमा राखेर राष्ट्रवादी कांग्रेस पार्टीले त्यस दिन अमित शाहलाई कालो झण्डा देखाउने योजना बनाएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर राष्ट्रवादी कांग्रेस पार्टीका जिल्ला सभापति फैजल अहमदले यसबारे जानकारी दिएका छन्। पश्चिम बंगालमा हाल भाजपाले राजनैतिक फाइदा उठाउनको निम्ति हिंसात्मक रूपमा कार्यक्रमहरू गरिरहेकोले गर्दा नै प्रशासन बदनाम भइरहेको तिनले आरोप लगाए। यसैले गर्दा नै आगामी 20 दिसम्बरको दिन वीरभूममा हुने भाजपाको जनसभामा अंश ग्रहण गर्ने आउने गृहमन्त्री अमित शाहलाई कालो झण्डा देखाएर विरोध जनाउने निर्णय लिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *