भाजपा-को झन्डा च्यातेको घटनालाई लिएर कार्यकर्ताहरूद्वारा थानामा अभियोग दर्ता

सिलगढी : सिलगढी नगरनिगमको 13 नम्बर वार्ड स्थित पन्जाबीपाड़ा इलाकामा गत राति भाजपाको झन्डा च्यातेर नालीमा फ्याँकिदिएको घटना प्रकाशमा आएपछि भाजपा कार्यकर्ताहरूले क्षोभ प्रकट गरेका छन्। उक्त घटनालाई लिएर आज तीन नम्बर मण्डल भाजपा कमिटीको तर्फबाट पानीट्याङ्की पुलिस आउटपोस्टमा लिखित अभियोग दर्ता गरेको छ। भाजपा तीन नम्बर मण्डल अध्यक्ष अयन सेनले बताएअनुसार सिलगढीको 13 नम्बर वार्ड पार्टी कार्यालय अघि लगाइएको पार्टीको झन्डा गत राति केही बदमासहरूले च्यातेर नालीमा फ्याँकिदिएको थियो। यसैले उक्त घटनामा संलग्न रहेका आरोपीलाई पक्राउ गरिनुपर्ने माग गर्दै पानीट्याङ्की पुलिस आउटपोस्टमा अभियोग दर्ता गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *