भाजपाको मार्केटिङ एजेन्टले पहाड़का जनतालाई दिग्भ्रमित पारिरहेको हिल तृणमूल नेत्री शान्ता छेत्रीको आरोप

सिलगढी: तृणमूल छोड़ेर भाजपामा सामेल हुनेहरू वास्तवमा भाजपालाई ह्द्यबाट नै मन पराएर नगएकोले तिनीहरूलाई भाजपाले पनि विभिषणकै रूपमा हेर्नेछ भनी राज्यसभा सांसद तथा कालेबुङ जिल्ला हिल तृणमूल अध्यक्ष शान्त छेत्रीले बताइन्। सिलगढीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर तिनले पहाड़को विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरूले हिजो दिल्लीमा केन्द्र सरकारसित गोर्खाहरूको 11 जातिलाई जनजातिको मर्यादा दिनु पर्ने माग गरेको विषयमा बोल्दै यस बारेमा आफुले गत केही वर्ष अघिदेखि नै लगातार सांसद भवनमा आवाज उठाउँदै आइरहेको बताइन्। भाजपाको केही मार्केटिङ एजेन्टले पहाड़का मानिसहरूलाई दिग्भ्रमित पारिरहेको आरोप लगाउँदै यस्ता मार्केटिङ एजेन्टले पहाड़को शान्तिमा बाधा पुऱ्याउने प्रयास गरिरहेको तिनले दावी गरिन्। तिनले अझ भनिन्, राज्यभरिमा हाल भाजपाको 18 जना सांसद छन् तापनि तिनीहरूले जनताको लागि कुनै पनि काम गरेका छैनन्। तिनीहरूले केवल भाजपाको सुगा रटाई मात्र रटिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *