भाजपाको नगरनिगम अभियानलाई प्रशासनले रोक लगाएपछि सिलगढीमा देखापर्यो उत्तेजनाको माहौल, गाँधीजीको सालिग अघि विक्षोभ प्रदर्शन  

सिलगढी : सिलगढी जिल्ला भाजपाद्वारा नगरनिगम अभियान अवधि आज दिउँसो पुलिसले रोक लगाएपछि व्यापक उत्तेजनाको माहौल सृजना हुनको साथै भाजपा कार्यकर्ताहरूले पुलिससित आक्रोश पोखे। पूर्व निर्धारित कार्यक्रम अनुसार सिलगढी जिल्ला भाजपाले आज सहरमा बढ्दो डेङ्गुको समस्या, नगरनिगमको चुनाउ गरिनुपर्ने, पिउने पानीको समस्या समाधान लगायत अन्य विविध मागलाई लिएर नगरनिगम चलो अभियान कार्यक्रम अन्तर्गत सिलगढीको महात्मा गाँधी मोडबाट कार्यकर्ताहरूले हातमा मच्छरदानी बोकेर विक्षोभ र्‍याली निकाले। यसपछि उक्त र्‍याली नगरनिगम पुग्न अगावै पुलिसले ब्यारिकेट लगाएर रोक्ने प्रयास गर्दा भाजपा कार्यकर्ता तथा समर्थकहरूले उक्त ब्यारिकेट तोडेर नगरनिगम कार्यालयमा प्रवेश गर्ने प्रयास गरे। यसपछि पुलिसले प्रतिनिधि टोलीका 10 जनालाई मात्र कार्यालय भित्र प्रवेश गर्ने अनुमति दिए। तथापि, ज्ञापन पत्र सुम्पिन अघि तिनीहरूलाई बाधा दिएको आरोप लगाउँदै आक्रोशित बनेका भाजपा कार्यकर्ता तथा समर्थकहरूले यसको विरोध जनाउँदै यहाँको गाँधीजीको सालिग अघि विक्षोभ प्रदर्शन गरे। यस अवसरमा सिलगढीका विधायक शङ्कर घोषले भने, प्रशासनले ज्ञापन चढाउन जाँदा बारम्बार बाधा दिइरहेको छ। बङ्गालमा भाजपा पार्टी गर्नु के अपराध हो? जनताको भोटले जितेर म विधायक बनेको हुँ तर पराजित भएर प्रशासक मण्डलीको चेयरम्यान भएको होइन। जनताको भोट पाएर हामीले जितेका हौ यसैले यस प्रकारको अपमान हामी सहन गर्ने छैनौँ। अर्कोतिर, विधायक आनन्दमय बर्मनले पनि आजको घटनालाई लिएर रोष प्रकट गर्दै नगरनिगमको कमिश्नरको निर्देश अनुसार यसरी बारम्बार अपमान गर्नको साथै जनताको समस्यालाई लिएर ज्ञापन चढाउन जाँदा पनि रोक लगाएको आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminginterbahistophillbetmobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetjojobetgrandpashabettipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetpusulabet girişbetwooncasibomjojobetjojobet girişjojobet güncel giriş Built with ❤︎ by appycodes