भाजपाको ‘परिवर्तन यात्रा’ भोलिदेखि कुचबिहारबाट शुरू

सिलगढी : उत्तर बंगालमा भाजपाको परिवर्तन यात्रा भोलिदेखि शुरू हुने भएको छ। उक्त यात्रा कुचबिहारदेखि शुरू भएर सिलगढीमा समापन गरिनेछ। आज भाजपाका प्रदेश प्रवक्ता तथा पूर्व विधायक शमीक भट्टाचार्यले बताएअनुसार गृह मन्त्री अमित शाहले कुचबिहारमा परिवर्तन यात्राको शुभारम्भ गर्नेछन्। आज सिलगढी भाजपा पार्टी कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर शमीक भट्टाचार्यले तृणमूलविरुद्ध क्षोभ प्रकट गर्दै उत्तर बंगालमा कुनै शिल्प उद्योगधन्दा लगायत अन्य कुनै पनि विकास कार्य नभएको बताए। यसको साथै सिलगढी सहरमा ट्राफिक जामको समस्या दिन प्रतिदिन बढ़्दै गइरहेको छ भने सेभोकको कोरोनेशन ब्रिजको वर्तमान अवस्थालाई लिएर तिनले चिन्ता व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *