भाजपाको पार्टी कार्यालय उद्घाटनसहित घर-दैलो अभियान

सिलगढ़ी : सिलगढी नगर निगमको 41 नम्बर वार्डमा आज भाजपाको नयाँ पार्टी कार्यालयको राजू ब्यानर्जीले विधिवत् उद्घाटन गरे। त्यसपछि तिनले सिलगढ़ीमा भाजपा कार्यकर्ताहरूसित घर-घरमा गएर मानिसहरूसित कुराकानी गरे। आउँदो नगर निगम चुनाउको लागि आफ्नो पार्टीको कुरा जनता समक्ष सबैभन्दा पहिला पुऱ्याउने लक्ष्य लिएर भाजपाले उक्त घर-घरमा गएर प्रचार गरेको बताइएको छ।


आज राजू ब्यानर्जीले सिलगढी नगर निगमको 41 नम्बरको घर-घरमा गएर चुनाउ अभियान चलाए पछि विभिन्न इलाकाहरूमा घुमेर तिनले एनआरसी र सीएए-बारेमा मानिसहरूलाई जागरूक गराए। यसको साथै तिनले एनआरसी र सीएए-बारेमा लिफ्टलेट पनि वितरण गर्नको साथै केही ठाउँहरूमा रूखका विरूवाहरू पनि रोपे। यस अवसरमा राजू ब्यानर्जीसहित धेरै सङ्ख्यामा भाजपा कार्यकर्ताहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *