भाजपा-को सिलगढीमा थाना घेराउ अभियान

सिलगढी : भाजपाको नबान्न अभियानमा पुलिसको अत्याचार गरेको आरोप लगाउँदै राज्यभरिमै भाजपाद्वारा थाना घेराउ अभियान शुरू गरेको छ। यसै क्रममा सिलगढी सांगठनिक जिल्ला भाजपाले आज सिलगढी थाना घेराउ कार्यक्रम पालन गर्यो। भाजपा विधायक आनन्दमय बर्मनले यसको नेतृत्व गरेका थिए। स्मरण रहोस्, राज्य सरकारविरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै गत 13 सेप्टेम्बरमा भाजपाले नबान्न अभियान चलाएको थियो। उक्त अभियानमा पुलिसले हमला गरेको भाजपाको आरोप रहेको छ। यसैले राज्यभरिमै भाजपाले थाना घेराउ कार्यक्रम पालन गरिरहेको छ। भाजपाका नेता तथा कार्यकर्ताहरूले आज सिलगढी थाना घेराउ गरेर विक्षोभ प्रदर्शन गरे। यस विषयमा सिलगढी सांगठनिक जिल्ला भाजपाका सभापति आनन्दमय बर्मनले भने, पुलिसले शासकदलको पक्षमा कार्य गरिरहेको छ। पुलिस शासक दलको गुलाम भएको छ। नबान्न अभियान अवधि भाजपाका कार्यकर्ता तथा समर्थकहरूमाथि पुलिसले हमला गरेकोले यसको प्रतिवाद जनाउँदै आज भाजपाद्वारा थाना घेराउ कार्यक्रम पालन गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *