भाजपाको थाना घेराउलाई लिएर तनाउ, थाना बाहिर प्रदर्शनकारी र पुलिसबीच झडप

सिलगढी : सन्देशखाली घटनाको विरोधमा आज भाजपा महिला मोर्चाले थाना घेराउ गर्यो। यसलाई केन्द्र गरेर एनजेपी थानामा उत्तेजनाको माहौल देखापर्यो। यस अवधि विक्षोभकारीहरूको पुलिससित झडप भएको बताइएको छ। प्राप्त जानकारी अनुसार आज बिहान एनजेपी थाना संलग्न रेलवे इन्स्टिट्युट मैदानमा भाजपाका कार्यकर्ताहरू भेला भएका थिए। यसपछि 12 बजी डाबग्राम फुलबारीका विधायक शिखा च्याटर्जीको नेतृत्वमा भाजपाका कार्यकर्ता तथा समर्थकहरू एउटा रैलीको माध्यमद्वारा एनजेपी थाना पुगे। थानाअघि पुग्न साथ प्रदर्शनकारीहरूलाई पुलिसले रोकिदियो। थाना परिसरमा विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। यसपछि भाजपा नेता तथा कार्यकर्ताहरू थानाअघि बसेर विभिन्न नाराबाजी गर्नथाले। थानाको गेटमा भाजपा महिला कार्यकर्ता तथा समर्थकहरूमाझ पुलिसको धक्का-मुक्की भएको बताइएको छ। पछि भाजपाको एउटा प्रतिनिधि मण्डलले थानाको ओसीसित भेट गर्यो। विधायक शिखा च्याटर्जीको आरोपअनुसार राज्यको पुलिस सत्ताधारी पार्टीको नोकर बनिसकेको छ। तिनीहरूले सन्देशखालीमा आन्दोलनरत ग्रामीणहरूमाथि अत्याचार गरिरहेका छन्। सन्देशखालीमा महिलाहरूमाथि भएको शारीरिक अत्याचारपछि मुख्य आरोपी शेख शाहजहाँलाई लुकाउने प्रयास गरिरहेको छ। तिनले मुख्यमन्त्री ममता ब्यानर्जीले राजीनामा दिनुपर्ने माग पनि गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes