भाजपा-को तीनधारे महानदी समष्टि मण्डल कमिटी गठन

खरसाङ (निसं) : भारतीय जनता पार्टीको तीनधारे महानदी समष्टि मण्डल कमिटी गठन गरियो। उक्त मण्डल कमिटी गठनार्थ खरसाङमा एउटा सभा सम्पन्न भयो। उक्त सभामा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला कार्यालय सचिव कृष्ण बराईली, युवा जिल्ला महासचिव बिनय प्रसाद, निरपराज रणपहेंली, खरसाङ विधान सभा समष्टीबाट योगेस प्रधान, मण्डल प्रभारी चन्दन प्रसाद उपस्थित थिए। यहीँ सभामा नै भारतीय जनता पार्टीको तीनधारे महानदी समष्टि मण्डल कमिटी गठन गरियो जसमा सभापतिको रूपमा उमेस प्रधान, उप सभापतिमा सुस्मिता गजमेर र जितेन गजमेर, महासचिव मिलन रसाईली, सचिवमा रिकास मंगर र अरबिन्द तामाङ लगायत 20 जनाको कार्यकारिणी सदस्यहरू चयन गरिएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.