भाजपा-को उत्तरकन्या अभियानलाई रोक्न पुलिस प्रशासन तत्पर

सिलगढी : आज भाजपाको उत्तरकन्या अभियान। भाजपाको उत्तरकन्या अभियानलाई रोक्नको लागि आज बिहानैदेखि पुलिस अधिकारीहरू सक्रिय रहेका छन्। प्राप्त जानकारीअनुसार भाजपाको एउटा र्‍याली आज जलपाईमोडदेखि उत्तरकन्यातर्फ जानेछ भने अर्को एउटा र्‍याली फुलबारीबाट उत्तरकन्यातर्फ जाने भएको छ। उक्त र्‍यालीलाई रोक्नको लागि पुलिस तत्पर रहेको साथै यहाँको ठाउँ-ठाउँमा फलाम एवम् बाँसको ब्यारिकेट लगाइएको छ। उक्त र्‍याली अवधि कुनै प्रकारको झैँ-झमेला नहोस् भन्ने उद्देश्य लिएर अधिक पुलिस बल तैनाथ गर्नको साथै आँशु ग्यास र वाटर क्याननको पनि व्यवस्था गरिएको छ। आज दिउँसोतिर भाजपाको उत्तरकन्या अभियान शुरू हुने भएको छ। उक्त अभियानमा राज्यका केही शीर्ष नेताहरू लगायत केन्द्रीय नेताहरूले पनि अंश ग्रहण गर्ने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *