भाजपाको उत्तरकन्या अभियानलाई लिएर उत्तेजनाको माहौल, ‘पथेर साथी’-मा तोडफोड गरेको आरोप

सिलगढी : भाजपाको उत्तरकन्या अभियान अवधि पथेर साथी कार्यालय तोडफोड गरेको आन्दोलनकारीविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार उत्तरकन्या अभियानलाई लिएर भाजपाको र्‍याली अवधि आन्दोलनकारीहरूले पथेर साथी तोडफोड गर्नको साथै त्यहाँ रहेको एउटा बस, 2 वटा बाइक समेत तोडफोड गरेको बताइएको छ। पथेर साथीमा कार्यरत एउटी महिलाको आरोप अनुसार आन्दोलनकारीहरूले पथेर साथी तोडफोड गरेको घटना अति नै निन्दनीय रहेको बताउँदै आरोपीहरूलाई सजाय दिनुपर्ने तिनले माग पनि गरिन्।


स्मरण रहोस्, आज भाजपाको उत्तरकन्या अभियानलाई लिएर सिलगढीको तीनबत्ती र फुलबारी इलाकामा व्यापक उत्तेजनाको माहौल सृष्टि भएको थियो। आज विविध मागहरूलाई लिएर भाजपाको उत्तरकन्या अभियानको आहवान गरेको थियो। उत्तरकन्यामा भाजपाका धेरैजना राज्य तथा केन्द्रीय नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *