भाजपालाई जिताउन क्रामाकपाको चुनावी सभा सम्पन्न

दार्जिलिङ : क्रामाकपा दार्जिलिङ विधानसभा चुनाउ कमिटीको सभा कमरेड बले डुक्पाको सभापतित्वमा सम्पन्न भयो। सभामा क्रामाकपाद्वारा बुथ कमिटीहरू विभिन्न शाखामा गठन गरिनेबारे विस्तृत चर्चा गरियो साथै संयुक्त रूपमा कार्यक्रमहरू भए उक्त कार्यक्रमहरूमा पार्टीले वृहत्तर रूपमा सहभागिता जनाउने सभामा निर्णय लिइएको छ। सभामा क्रामाकपा पार्टीको पक्षबाट भाजपा उम्मेदवारलाई जिताउन कुनै कसर नछोड्ने निर्णय लिएको बताइएको छ। आजको सभामा विशेष रूपमा केन्द्रीय प्रवक्ता गोविन्द छेत्री, केन्द्रीय सदस्य बले डुक्पा, संयुक्त चुनाउ समिति सदस्य नर्बु लामा, शेखर छेत्री, सुनिल राई, चुनाउ प्रभारी अरूण घतानी लगायत विभिन्न सदस्यहरूको उपस्थिति रहेको जानकारी अर्पण बान्तवा राईले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *