भाजपालाई ठुलो झट्का, सांसद अर्जुन सिंह तृणमूल-मा सामेल

पश्चिम बंगालमा भाजपालाई ठुलो झट्का लागेको छ। बैरकपुरका सांसद अर्जुन सिंह आज भाजपा छोडेर पुनः तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। तृणमूलका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले कोलकातामा तिनलाई पार्टीको झण्डा प्रदान गरेर तृणमूलमा सामेल गराए। स्मरण रहोस्, अर्जुन सिंह दबङ्ग छवि भएको नेताको रूपमा चिनिने गरिन्छ। तिनी पहिला तृणमूल कङ्ग्रेसमै थिए भने आम चुनाउभन्दा अघि तिनी पार्टी छोड़ेर भाजपामा सामेल भएका थिए। तृणमूल कङ्ग्रेसमा सामेल भएपछि अर्जुन सिंहले भने, तृणमूलको राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीको हात पक्रेर आज आफू भाजपा छोड़ेर तृणमूल कङ्ग्रेसमा सामेल भएको हो। म जुन घरको छोरा थिए आज त्यहीँ घरमा फर्किआएको छु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *