भाजपाले “आर नय अन्याय” अभियान सिलगढीमा पनि शुरू गर्ने

सिलगढी :  भाजपाले साधारण मानिसहरूसमक्ष पुग्ने उद्देश्य लिएर “आर नय अन्याय” अभियान बङ्गालमा शुरू गरेको छ। गृहमन्त्री अमित शाहले कोलकातको शहीद मीनारमा आयोजित जनसभाबाटै उक्त अभियानको उद्घाटन गरे। “आर नय अन्याय” अभियान अन्तर्गत भाजपा कार्यकर्ता साधारण मानिसहरूको घर-घर गएर तिनीहरूको समस्या सुन्ने भएका छन्। यसको साथै एउटा फोन नम्बरको माध्यमद्वारा मानिसहरूले आ-आफ्नो समस्या भजापाका उच्च स्तरीय नेताहरूसँग साझा गर्न सक्नेछन्। यस अभियानको लागि भाजपाले एउटा नयाँ कमिटी गठन गरेको छ। उक्त कमिटीले यस अभियानमाथि ध्यान राख्नेछ। बुधबारदेखि सिलगढीमा यस अभियान शुरू गरिने भएको छ। बङ्गालमा सत्ताधारी पार्टीको अन्याय धेरै बढ़ेकोले साधारण मानिसहरू त्रासित बन्न पुगेको सिलगढी सांगठनिक भाजपा अध्यक्ष प्रवीन अग्रवालले बताए। यसैले गर्दा गत 1 मार्चको दिन गृहमन्त्री अमित शाहले “आर नय अन्याय” अभियान शुरू गरेको बताए। तिनले यस अभियान “दीदी के बोलो” अभियान भन्दा धेरै अलग रहेको बताए। अर्कोतिर, दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकारले भाजपाको यस अभियानमा कटाक्ष कस्दै भाजपाले मानिसहरूलाई आफ्नो पार्टीमा सामेल गर्नको लागि यस नयाँ अभियान शुरू गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *