भाजपाले बोलाएको बन्दको सिलगढीमा देखा परेन कुनै असर

सिलगढी: भाजपाले आज सोमबार राज्यव्यापी 12 घण्टा बन्द बोलाएको छ। तथापि आज बन्द अवधि सिलगढी सहर लगायत यसको संलग्न क्षेत्रहरूमा बन्दको कुनै प्रकारको विशेष प्रभाव परेको देखिएन। आज बिहान बन्दको समर्थनमा भाजपाका नेताहरू तथा कार्यकर्ताहरूले सिलगढी सहरमा रेली निकालेर बन्दको समर्थनमा सडकमा ओर्लिएको देखिए। सहरको हिलकार्ट रोड, विधान रोड अनि सेभोक रोडमा केही आंशिक रूपमा आज केही दोकानहरू बन्द रहेको छ। तथापि सार्वजनिक परिवहन, शैक्षिक संस्थान तथा सरकारी कार्यालयहरू सबै खुल्लै रह्यो भने बन्दको त्यहाँ कुनै असर देखा परेन। बन्दको दिन आज बिहानैदेखि सडकमा बस लगायत अन्य वाहन तथा अटो टोटोहरूको चलाचल सुचारू रूपमा रहेको देखियो भने सदा झै स्कूल, कलेज, सरकारी कार्यालयहरू खुल्लै रह्यो साथै कर्मचारीहरू पनि आ-आफ्नो काममा गएको देखियो। स्मरण रहोस, भाजपाले निकाय चुनाउहरूमा कथित धाँधली साथै हिंसा फैलाएको आरोप लगाउँदै आज पश्चिम बंगालमा 12 घण्टा बन्दको आह्वान गरेको छ।  


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *