भाजपाले फ्लेक्सको राजनीति गरिरहेको गौतम देवको आरोप

सिलगढी : सिलगढी नगरनिगमको प्राथमिक स्वास्थ्य केन्द्रको बाहिर लगाइएको भाजपाको फ्लेक्स देखेपछि नगरनिगमका प्रशासक गौतम देवले आज निरीक्षण अवधि क्षोभ प्रकट गरे। प्राप्त जानकारी अनुसार सिलगढीको 4 नम्बर वार्डको प्राथमिक स्वास्थ्य केन्द्र बाहिर टीकाकरणको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन स्वास्थ्य केन्द्र बाहिर भाजपाको तर्फबाट फ्लेक्स लगाइएको थियो भने उक्त फ्लेक्सको मुनि 4 नम्बर वार्ड कमिटी लेखिएको थियो। टीकाकरणबारे खोज खबर लिनको लागि गौतम देव आज उक्त स्वास्थ्य केन्द्र गएका थिए। यस अवधि तिनले स्वास्थ्य केन्द्र बाहिर भाजपाको फ्लेक्स तथा झण्डा लगाएको देखेपछि क्षोभ प्रकट गरे। यस अवसरमा तिनले नगरनिगममा हाल कुनै पनि वार्ड कमिटी नरहेको साथै कुनै पनि वार्डमा काउन्सिलर तथा को-अर्डिनेटर नरहेको बताए। कोरोना महामारीको पहिलो चरणदेखि नै मुख्यमन्त्री, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विविध सेवा पुर्‍याउँदै आइरहेको तिनले बताए। यसको साथै मानिसहरूलाई चिकित्सा तथा खाद्य सामग्रीहरू वितरण गर्दै आइरहेको छ भने यता भाजपाले फ्लेक्सको राजनीति गरिरहेको तिनले आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *