भाजपाले गोजमुमोलाई दुई खेमा बनाएको हो, अब गोरामुमो सचेत हुनुपर्छ:  अनित थापा

खरसाङ: दिल्लीमा गृह मन्त्रालयले त्रिपक्षीय वार्ता बोलाएको विषयमा जीटीए चेयरम्यान तथा गोजमुमो महासचिव अनित थापाले आज एक पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिक्रिया दिएका छन्। तिनले पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तरमा भाजपा सांसद राजु विष्टले माकल बाबाको कसम खाएर गोर्खाल्याण्ड ल्याउँछु भनेर भोट जितेको हो अनि स्थायी राजनैतिक समाधान भन्दैछ तर स्थायी राजनैतिक समाधान पनि के हो त्यो स्पष्ट हुनुपर्छ भनी बताए। तिनले भने, यो स्थायी राजनैतिक समाधान के हो कसैलाई थाहा छैनमाग्नेहरूलाई पनि थाहा छैन, सासंद राजु विष्टलाई पनि थाहा छैन होला, पहिला यसको स्पष्टीकरण हुनुपर्छ। गोर्खाल्याण्ड सबैको सपना हो तर हालसम्म विपना पो हुन नसकेको बताए। तिनले गोर्खाल्याण्ड दिन्छु भनेर चिट्ठी आयो भने आफु लिन जाने तर झुक्काएर राजनीति गर्नु राम्रो नहुने अनि हामी अब झुक्किनु हुँदैन भनी बताए। राजनीति सबैले गर्न सक्छ तर हामी कहिलेसम्म माथिल्लो तहको राजनीतिक षड़यन्त्रको शिकार भइरहने र कहिलेसम्म हामीलाई दबाएर राख्छ भन्दै तिनले प्रश्न गरे।


भाजपाले गोजमुमोलाई दुई खेमा बनाएको पनि गोजमुमो 2 का महासचिव अनित थापाले गम्भीर आरोप लगाए। तिनले अब गोरामुमो पनि त्यस परिस्थितिमा छ भनी सचेत गराए। दार्जीलिङमा हामी एक- अर्कामा लड़ेर केही पाउने होइन भन्दै भाजपाले गोर्खाहरूलाई साँच्चै दिने हो भने त दिन सक्थ्यो होला तर स्थायी राजनैतिक समाधान भनेर कता-कता घुमाइरहेको तिनले आरोप लगाए। तिनले अझ भने, म झुक्काएर काम गर्दिन, सानो ठाउँमा काम गर्छु तर पारदर्शिताकोसाथ राजनीति गर्छु।  गोर्खाल्याण्डको मुद्दालाई भावनामा आएर राजनीतिकरण गर्दिन किनभने यो ठूलो मुद्दा हो र यसको लागि बुध्दीजीवीहरू सरकारसित बसेर छलफल गर्नुपर्छ। तिनले राजनीति कसैलाई झुक्काएर नगर्ने साथै खुल्ला रूपमा सचेत राजनीति गर्ने दावी पनि गरे। विगतमा गरेको भूल अब फेरि आफुले दोहोऱ्याउन नचाहेको बताउँदै गत 10 वर्ष आफु झुक्किएको तर दार्जीलिङ पहाड़को लिडरहरू पनि अब झुक्किनु हुँदैन, स्वस्थ्य राजनीति गर्नुपर्छ भनी बताए। आरोप प्रत्यारोपको राजनीति छोड़ेर अब पहाडको लागि राम्रो काम गर्नुपर्छ भन्ने पनि तिनले अन्य सबै विपक्षी दलहरूलाई सल्लाह दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *