भाजपा-ले गोर्खाहरूको भावनात्मक राजनीतिक प्रोपागान्डा बन्द गरोस् : गोजमुमो

दार्जिलिङ : भाजपाले गोर्खाहरूमाथि भावनाको राजनीतिक प्रोपागान्डा बन्द गरोस् गोर्खाल्याण्ड नै लिने हो भने संसद अझ पनि चलिरहेको संसद सत्र सक्नुअघि नै गोर्खाल्याण्डको बील सदनमा पेश गरोस् भन्ने गोजमुमो केन्द्रीय प्रवक्ता केशवराज पोख्रेलले भाजपालाई कठोर चुनौती दिएका छन्। सांसद राजु विष्टको पुतला जलाउने अनि गोर्खा होबेना भन्ने जय बङ्ग्ला कुन राजनैतिक पार्टी हुन् भन्ने प्रश्न गर्दै जब जब पहाडमा गोर्खाल्याण्डको आवाज सुनिन्छ तब तब मदेस अनि विशेष गरेर सिलगढीमा यस्ता भाडाका असामाजिक तत्वहरू गोर्खाको विरोधमा सडकमा ओर्लिने गरेको तिनले बताएका छन्। जय बङ्ग्ला-द्वारा गत साँझ सिलगढीमा गोर्खाल्याण्डको विरोधमा गरिएको विक्षोभ प्रदर्शन तथा सांसदको पुतला दहनको प्रवक्ता केशवराज पोख्रेलले घोर विरोध जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *