भाजपाले केवल भोट ब्याङ्कको राजनीति गरेको बिमलपन्थी प्रकाश गुरुङको आरोप

दार्जिलिङ: गोर्खा जातिलाई लिएर भाजपाले केवल भोट ब्याङ्कको राजनीति गरेको गोजमुमो युवा नेता तथा बिमलपन्थी केन्द्रिय युवा मोर्चा सभापति प्रकाश गुरुङले आरोप लगाएका छन्। भाजपाले हालसम्म गोर्खाहरूको हितमा कुनै कार्य नगरेको साथै भविष्यमा पनि नगर्ने बताउँदै तिनले सम्पूर्ण दार्जिलिङ, तराई-डुवर्सका सम्पूर्ण गोर्खाहरूलाई आउँदो विधानसभा चुनाउमा तृणमूल कांग्रेसलाई मतदान गर्ने सबैसित अपील गरेका छन्। भाजपाले आफ्नो भुललाई ढाकछोप गर्न गोर्खाहरूलाई माध्यम बनाइरहेकोले आफूहरूद्वारा यसको विरोध जनाउँदै यसको जवाब आउँदो 2021-को विधानसभा चुनाउमा दिनेछौँ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *