भाजपा-ले मंगलबार करणदिघी थाना घेराउ गर्ने

सिलगढी : भाजपाले विभिन्न दावीहरूलाई लिएर भोलि करणदिघी थाना घेराउ गर्ने भएको छ। उक्त विषयलाई लिएर भाजपा राज्य सचिव सायन्तन बसुले आज पत्रकारहरूसित कुराकानी गर्दै यदि पुलिसले घेराउ अवधि कुनै पनि भाजपा कर्मी तथा समर्थकहरूमाथि अमानवीय व्यवहार अथवा गोली चलाए समर्थकहरू चुप नबस्ने तथा त्यसको उचित जवाफ दिने बताए। पुलिसले कुनै पनि कारणबिनै बङ्गालमा भाजपा कर्मीहरूलाई पक्राउ गरिरहेको तिनले आरोप लगाए। यसको साथै तृणमूल कांग्रेसमा एउटै मानिसहरू बारम्बार सामेल भइरहेकोले उत्तरबंगालको जनसंख्या भन्दा पनि तृणमूलमा सामेल हुनेहरूको संख्या अधिक देखाइरहेको तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *