भाजपा-ले नयाँ कुरा दिन त परै जाओस् भएको कुरा पनि दार्जिलिङबाट लिएर जाँदैछ : अनित थापा

खरसाङ : खरसाङमा रहेको टीभी प्रसारण केन्द्र बन्द भएपछि यसबारे भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले प्रतिक्रिया व्यक्त गर्दै गोर्खाहरूले भाजपामाथि धेरै आस्था राखेको थियो तर भाजपाले गोर्खाहरूको आस्थासम्मको कदर नगरेको साथै गोर्खाहरूमाथि भाजपाको सोँच कस्तो रहेछ त्यो अब छर्लङ्ग भएको बताए। नयाँ कुरा दिन त परै जाओस् भएको कुरा समेत दार्जिलिङ पहाडबाट लगेर जाँदैछ भन्दै थापाले भाजपाप्रति आक्रोश व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *