भाजपा-ले शुरू गर्‍यो डोर टु डोर अभियान

सिलगढी : राज्यभरि झैँ आज सिलगढीमा पनि भाजपाले डोर टु डोर अभियान शुरू गरेको छ। यस अन्तर्गत सिलगढीको विभिन्न वार्डहरूमा भाजपाका मण्डल कार्यकर्ताहरू साधारण मानिसहरूको घर-घर गएर सीएए-बारेमा पूर्ण जानकारी दिँदै लिफलेट पनि वितरण गर्छन्। यसै क्रममा आज 33 नम्बर वार्डमा पनि डोर टु डोर अभियान शुरू गरियो। भाजपाको सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवाल अनि राज्य कमिटीका सदस्य निखिल रञ्जन दे-को नेतृत्वमा अनि 6 नम्बर मण्डल कमिटीको पहलमा डोर टु डोर अभियानको प्रथम चरण शुरू भयो। अभियानको प्रथम चरणमा भाजपा कार्यकर्ताहरूले साधारण मानिसहरूको घरमा गएर सीएए-बारेमा पूर्ण जानकारी दिनको साथै लिफलेटहरू पनि वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *