भाजपामा आफूहरू सामेल हुने कुरा मनगढ्न्ते हो : अनित थापा

सिलगढी : गोजमुमो 2-का अध्यक्ष विनय तामाङ र महासचिव अनित थापाले पार्टी त्यागेर भाजपामा सामेल हुने हो-हल्लालाई सोझै नकार्दै उक्त खबर मनगढ्न्ते तथा असत्य रहेको अनित थापाले फोनमार्फत् एउटा सोशल मीडियालाई जानकारी गराएका छन्। तिनले फोनमार्फत् भाजपामा आफूहरू सामेल हुने कुराको खण्डन गर्दै यो कुरो झुटो रहेको बताए। अनित थापाले आफूहरू गोजमुमोको हो अनि गोजमुमो भएरै बस्ने साथै भविष्यमा पनि अन्य कुनै पार्टीमा सामेल नहुने दावी गरेका छन्। स्मरण रहोस्, विनय तामाङ र अनित थापा हिजो अचानक कोलकाता प्रस्थान गरेपछि तिनीहरू भाजपा नेताहरूसित भेट गर्न गएको तथा तिनीहरू भाजपामा सामेल हुने उड्न्ते खबरहरू यता पहाडमा फैलिएपछि यसलाई लिएर मानिसहरूले आ-आफ्नै विभिन्न अड्कलहरू काट्दै आइरहेका छन्। तथापि, स्वयम् अनित थापाले फोनमार्फत् उक्त कुराको खण्डन गरेर आफूहरू जीटीएको कतिपय कामहरू लिएर कोलकाता आएको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *