भाजपा महिला कार्यकर्तामाथि हमला

गंगारामपुर : भाजपाको एकजना महिला कार्यकर्तासँग दुर्व्यवहार गर्नको साथै हत्या गर्ने धम्की समेत दिएको मामिला प्रकाशमा आएको छ। उक्त घटना दक्षिण दिनाजपुर जिल्लाको गंगारामपुर थाना अन्तर्गत पर्ने नन्दनपुर इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार उक्त भाजपा महिला कार्यकर्ताको घर नजिक जबरजस्ती सड़क निर्माण गरिरहेको आरोप रहेको छ। यसको प्रतिवाद गर्दा महिलालाई डोरीले बाँधेर कुटपीट गरेपछि गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा तिनलाई अस्पतालमा भर्ना गरेपछि हाल महिलाको उपचार चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *