भाजपा महिला मोर्चाद्वारा सिलगढी प्रधान नगर थाना अघि विरोध प्रदर्शन,  महिला सुरक्षालाई लिएर सुम्पियो ज्ञापन

सिलगढी: सिलगढी साङ्गठनिक जिल्ला भाजपा महिला मोर्चा जिल्ला कमिटीको तर्फबाट राज्यमा बढ़्दो दुष्कर्मको घटनालाई लिएर चिन्ता व्यक्त गर्दै यस्ता घटनाहरूमा रोक लगानु पर्ने साथै आरोपीहरूलाई कठोर कार्वाही गरिनु पर्ने तथा महिलाहरूलाई सुदृढ़ सुरक्षा प्रदान गर्नु पर्ने माग गर्दै आज सिलगढीको प्रधान नगर थाना अघि विरोध प्रदर्शन किया गया। यसपछि आफुहरूको मागलाई लिएर प्रधान नगर थानाका आईसी-लाई भेटेर एउटा ज्ञापन सुम्पिए। स्मरण रहोस, नदिया जिल्ला अन्तर्गत हासखालीमा गत 5 अप्रेलको दिन एकजना नाबालिकासित दुष्कर्म गरेको घटना प्रकाशमा आएको थियो। उक्त घटनालाई लिएर सबै राजनीतिक दलले राज्य सरकारको आलोचना शुरू गरेको छ।  उख्त घटना पछि मुख्यमन्त्री ममता ब्यानर्जीले दिएको एउटा बयानलाई लिएर अहिले भाजपाले चारैतिर आलोचना गरिरहेको छ।  भाजपाको महिला मोर्चाले मुख्यमन्त्रीको बयानको विरोध जनाउँदै आज सिलगढीमा एउटा रेली निकाले। यसपछि प्रधान नगर थाना अघि पुगेर विरोध प्रदर्शन गरे अनि थानाका आईसीलाई एउटा ज्ञापन पनि चढाए। भाजपा महिला मोर्चा राज्य कमिटी महासचिव जूली तामाङले भनिन्, राज्यमा एकजना महिला मुख्यमन्त्री छन्। तर पनि राज्यमा महिलाहरू सुरक्षित छैनन्। घरबाट बाहिर निस्कनु पनि असुविधा भइसक्यो। यसैले राज्यमा महिलाहरूको सुरक्षा व्यवस्था सुनिश्चित गरिनु पर्ने माग गर्दै आज ज्ञापन चढाएको छौ। यदि राज्यका मुख्यमन्त्रीले महिलाहरूलाई सुरक्षा दिनु सक्दैन भने तिनले आफ्नो पदबाट राजीनामा दिवोस्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *