भाजपा महिला मोर्चाद्वारा मुख्यमन्त्रीले पद त्याग गर्नुपर्ने मागमा विक्षोभ प्रदर्शन साथै ज्ञापन

सिलगढी : भाजपा महिला मोर्चाको आयोजना आज सिलगढीमा विक्षोभ प्रदर्शन गरे। भाजपा महिला मोर्चाका कार्यकर्ताहरूले आज सिलगढीको हासमी चोकबाट एउटा र्‍याली निकालेर विभिन्न ठाउँहरूको परिक्रमा गर्दै सिलगढी थाना अघि पुगेर विक्षोभ प्रदर्शन गरे। यस अवसरमा भाजाप महिला मोर्चाको तर्फबाट सिलगढी थानामा एउटा ज्ञापन पत्र पनि चढाइयो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आमफान तुफानमा क्षतिग्रस्त भएका परिवारको लागि केन्द्र सरकारद्वारा प्रदान गरिएको राशिमा दूर्नीति गरेको आरोप लगाउँदै भाजपा महिला मोर्चा नेत्रीहरूले राज्यका मुख्यमन्त्रीले पद त्याग गर्नुपर्ने माग गर्दै सिलगढी थाना अघि विरोध प्रदर्शन गर्नको साथै एउटा ज्ञापन पत्र पनि चढाए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *