भाजपामा सामेल भएपछि आज सिलगढी फर्किए नान्टु पाल

सिलगढी : भाजपामा सामेल भएपछि नान्टु पाल कोलकाताबाट आज आफ्नो घर सिलगढी फर्किए। स्मरण रहोस्, केही दिन अघि तृणमूल पार्टी छोडेर सिलगढी विधानसभा आसनबाट निर्दलीय प्रार्थीको रूपमा चुनाउमा खडा हुने घोषणा गरेका थिए भने यसपछि तिनले नामाङ्कन पत्र समेत बुझाइसकेका थिए। गत बुधबार अचानक तिनी कोलकाता पुगेर पत्नीसहित भाजपामा सामेल भएका थिए। आज कोलकाताबाट सिलगढी फर्किएपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले सिलगढी सहरको विकासको लागि भाजपामा सामेल भएको दावी गर्दै पार्टीले आफूलाई जे दायित्व दिइनेछ त्यसलाई पालन गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *