भाजपामा सामेल विधायक शुक्रा मुण्डालाई देखाए कालो झण्डा

बानरहाट: विधायक शुक्रा मुण्डालाई आज डुवर्सको आंगराभाषा दुई ग्राम पञ्चायत क्षेत्रका तृणमूल समर्थकहरुले कालो झण्डा देखाएर विरोध जनाउनको साथै धिक्कार जुलूसको पनि आयोजना गरे। यस अवसरमा शुक्रा मुण्डालाई विधायक पद त्याग गर्ने तृणमूलका कार्यकर्ताहरुले माग गरे । स्मरण रहोस, नगरकट्टा विधान सभाबाट तृणमूल कङ्ग्रेसको टिकटमा जितेर विधायक बनेका शुक्रा मुण्डा हालै पार्टी त्यागेर भाजापामा सामेल भएका छन । भाजपामा सामेल भएपछि शुक्रा मुण्डा आज पहिलोपल्ट डुवर्सको आंगराभाषा दुई ग्राम पञ्चायत क्षेत्रमा भाजापाको एउटा कार्यक्रममा अंशग्रहण गर्न आएका थिए । सोही समय त्यस क्षेत्रका तृणमूल समर्थहरुले धिक्कार जुलूसको आयोजना गरेर विधायकलाई कालो झण्डा देखाएर विक्षोभ प्रदर्शन गरे। उक्त विक्षोभ प्रदर्शन तथा धिक्कार जुलूस आंगराभाषा दुई ग्राम पञ्चायत क्षेत्रका अञ्चल सभापति राजु छेत्रीको नेतृत्वमा गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *