भाजपा नगरकट्टा ब्लकद्वारा बीडीओलाई ज्ञापन

नगरकट्टा : नगरकट्टा ब्लक भाजपा एक र दुई नम्बर मण्डल कमिटीद्वारा संयुक्त रूपमा आज 11 सूत्रीय मागलाई लिएर नगरकट्टा खण्ड विकास अधिकारी विपुल कुमार मण्डलसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। यस अवसरमा भाजापा कार्यकर्ताहरूले नगरकट्टा खण्ड विकास कार्यालय अघि धरना प्रदर्शन गर्दै विकासको कामहरूमा भेदभाव नगर्ने माग पनि गरे। चियाबारीमा बसोबास गर्ने श्रमिकहरूलाई जमीनको पट्टा, न्यूनतम हाजिरा 350 रुपियाँ, कृषकहरूको लागि कृषक सम्मन नीधि चालु गरिनुपर्ने, गरिबहरूको लागि आयुष्मान कार्ड चालु गरिनुपर्ने आदि जस्ता मागहरू उक्त ज्ञापन पत्रमा उल्लेख गरेको छ। ज्ञापन चढाउने टोलीमा नगरकट्टा दुई नम्बर मण्डल कमिटीका सभापति सन्तोस हात्ती, सचिव बरुण मण्डल, नगरकट्टा विधान सभा क्षेत्रका प्रवेक्षक अरुण कुमार वाईबा, दुई नम्बर मण्डल कमिटीका सभापति निरन्जन सरकार, सचिव किशोर छेत्री लगायत अन्य नेताहरू सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *