भाजपा नेता बाबुल सुप्रियोले राजनीतिबाट लिए विदा

कोलकाता : पूर्व केन्द्रिय मन्त्री अनि पश्चिम बङ्गालका भाजपा नेता बाबुल सुप्रियोले राजनीतिलाई विदा दिएका छन्। तिनले  सोशल मीडियामा एउटा पोस्ट जारी गरेर यसबारे जानकारी दिँदै राजनीतिमा केवल समाज सेवाको लागि आफू  आएको कुरा उल्लेख गरेका छन्। तिनले आफ्नो फेसबुक अकाउन्टमा यसो भनेका छन्, मानिसहरूको सेवाको लागि राजनीतिमा नै बस्नुपर्छ भन्ने केही आवश्यक छैन तर राजनीतिदेखि अलग रहेर पनि आफ्नो उद्देश्यलाई पुरा गर्न सकिन्छ। तिनले आफू सदैव भाजपाको पक्षमा रहेको साथै आफ्नो निर्णयलाई भाजपाले बुझ्नेछ भनेर बताएका छन्। स्मरण रहोस्, विगत केही दिनदेखि बाबुल सुप्रियोको मौनता अनि तिनको भाजपा पार्टीसितको सम्बन्धबारे प्रश्न चिन्ह उठेपछि केही राजनैतिक जानकारहरूले बाबुल सुप्रीयोले कुनै पनि ठुलो निर्णय लिनसक्ने आशंका व्यक्त गरेका थिए भने आज त्यहीँ आशंकालाई बाबुल सुप्रियोले सही प्रमाणित गरिदिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *