भाजपा नेता विजयवर्गीयको बयानलाई लिएर बिमल खेमाका नेताहरूको भर्त्सना

बिजनबारी : भाजपा राष्ट्रिय महासचिव कैलाश विजयवर्गीयको बयानलाई बिजनबारीको रेलिङ कैंजले समष्टि गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाले घोर भर्त्सना जनाएको छ। यसबारे पार्टीका संयोजक सञ्जय छेत्री, अरुण प्रधान, निर्मल गुरुङ लगायत समष्टिका अन्य सदस्यहरूले विरोध जनाउँदै आज एउटा भीडियो‌ सार्वजनिक गरेका छन्। समष्टि संयोजक सञ्जय छेत्रीले विजयवर्गीय एउटा जिम्मेवारी पार्टीको पदमा रहेर‌ पनि यस प्रकारको गैरजिम्मेवारी बयानबाजी गरेर सम्पूर्ण भारतीय गोर्खाहरूको भावनालाई आघात पुर्‍याएको छ भन्दै कैलाश विजयवर्गीयले हामीलाई अहिलेसम्म पनि नेपालकै नागरिकको दृष्टिकोणले हेरेको तिनको बयानले प्रमाणित गरेको बताएका छन्। यसैगरी रेलिङ कैजले समष्टिका पार्टी संयोजक अरुण प्रधानले पनि कैलाश विजयवर्गीयको उक्त बयानले भाजपाको गोर्खाहरूप्रतिको सोच तथा हेराइ कस्तो छ भन्ने कुरा अब उदाङ्गो भएको छ भन्दै आफ्नो प्रतिक्रिया जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *