भाजपा नेता दिलीप घोषविरुद्ध कुचबिहार थानामा अभियोग दर्ता

कुचबिहार : भाजपा राज्य अध्यक्ष दिलीप घोषविरुद्ध गलत भाषण दिएको आरोप लगाएर कुचबिहार पुलिस थानामा तृणमूल नेताले एउटा अभियोग दर्ता गरेको छ। प्राप्त जानकारीअनुसार कुचबिहार जिल्लाका तृणमूल नेता खोकन मियाँले दिलीप घोष विरुद्ध थाना अभियोग दर्ता गरेका हुन्। शुक्रबार कुचबिहार जिल्ला तृणमूल कांग्रेस कार्यालयमा पत्रकार सम्मेलन गर्दै तृणमूल नेता खोकन मियाँले भाजपाका राज्य अध्यक्ष दिलीप घोषले राज्यको विभिन्न जिल्लाहरूमा गएर गलत भाषण दिइरहेको आरोप लगाए। तिनले विशेष गरेर एउटा सम्प्रदायलाई लिएर गलत मन्तव्य गरिरहेको बताए। 2021-मा भाजपा सत्तामा आयो भने मुस्लिमहरूलाई गोली ठोक्ने जस्ता दिलीप घोषले सम्प्रदायिक वक्तव्य दिएकोले गर्दा राज्यमा अशान्ति हुनसक्ने तृणमूल नेता खोकन मियाँले आरोप लगाए।

यस प्रकारको सम्प्रदायिक वक्तव्यको विरोधमा बिहिबार राति कुचबिहार पुलिस थानामा तिनले अभियोग दर्ता गरेको जानकारी गराए। उक्त विषयमा छानबीन गरेर दिलीप घोषलाई पक्राउ गर्नुपर्ने पनि तिनले माग गरेका छन्। अर्कोतिर, तृणमूल नेताद्वारा लगाएको आरोपलाई लिएर भाजपा कुचबिहार जिल्ला अध्यक्ष मालती राभा रायले यसको विरोध जनाउँदै यदि कसैले पनि सम्प्रदायिक दङ्गा लगाउँदैछ भने त्यो राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी हुन् भनी बताइन्। भाजपा राज्य अध्यक्ष घोषले कुनै प्रकारको सम्प्रदायिक वक्तव्य नदिएको तिनले दावी गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes