भाजपा नेताको बयान विरुद्ध मङपु लाब्दा समष्टि युवा मोर्चाद्वारा पोस्टरिङ

मङपु: भाजपाका वरिष्ठ नेता विजय वर्गीयले फेरि पनि पहाडमा आएर नेपालको 11 जातिको समस्या राज्य अनि केन्द्र सरकारले मिलेर पुरा गर्छौ भनि दिएको बयानलाई लिएर पहाडका विभिन्न व्यक्तिहरूसहित पार्टीहरुले पनि विरोध जनाउन शुरु गरेको छ। यसैगरी, भाजपा नेताको उक्त बयानको कठोर शब्दमा निन्दा गर्दै आज मङपु लाब्दा समष्टि विनय खेमाको युवा मोर्चाले मङपुको विभिन्न ठाँउमा पोस्टरिङ गरेर विरोध जनाएको छ।


गोजमुमो युवा मोर्चा केन्द्रिय समिति प्रवक्ता अनित खाती अनि युवा मोर्चा मङपु लाब्दा समष्टि प्रवक्ता बिभोर सिङदनले भाजपा नेता बिजय वर्गीयले भारतीय गोर्खाहरूलाई नेपालको भनेर फेरि पनि लाञ्छाना लगाएको आरोप लगाउँदै कडा शब्दमा आपत्ति जनाउनको साथै घोर भर्त्सना जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *